प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

Machchapuchchre

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । उनलाई दिउँसो ३ : ४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन्। ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पताल स्रोतले बतायो।

ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन्। भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी केही दिन पहिला पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेकी थिइन्। ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्