बिद्रोही नेकपाद्वारा काठमाडौंसहित देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन गरेको छ । पार्टीको दोस्रो चरणको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले बिहीबार काठमाडाैँ, ललितपुर, भक्तपुर, कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशभर विशाल नेपालको नक्सा प्रदर्शन गरेको हो । शुक्रबार हेटौडामा एक कार्यक्रमकाबीच बिद्रोही नेकपाले नेपालको नक्शा प्रदर्शन […]

प्रेस काउन्सिलको विभेद बिरुद्ध देशभरका पत्रकारहरु आन्दोलित, काठमाडौँमा अन्तरक्रिया सम्पन्न

काठमाडौं। पत्रकार महासंघ र विभिन्न पेशागत संघ संगठनहरुमा आबद्ध पत्रकारहरु प्रेस काउन्सिलको कार्यशैलीबिरुद्ध आन्दोलित भएका छन् । प्रेस काउन्सिलले जारी गरेको ०७४/०७५ को पत्रिका वर्गीकरणको नतिजा भेदभावपूर्ण र पूर्वाग्रही रहेको भन्दै पुनरावलोकन गर्न माग गर्दै आन्दोलन घोषणा गरेका पत्रकारहरुले आज राजधानी काठमाडौँमा बृहत अन्तरक्रियाको आयोजना गरेका छन् । अन्तरक्रियामा बोल्ने अधिकांस पत्रकार संघसंगठनका नेताहरुले प्रेस […]

निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव छैन – प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताएका छन् । शुक्रवार सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताए । संविधानले निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यबारेको व्यवस्था […]

माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन, आयोगले थाल्यो तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी थालेको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । १४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आयोगले यही विषयमा आगामी सोमबार राजनीतिक दलसँग परामर्श […]

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याए बापत कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि १ […]

मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका वासिन्दा प्रदर्शनमा

काठमाडौं । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् । सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ किसिमको बर्गीकरण […]

ठूला बैंक मर्जर भएमात्र आर्थिक समृद्धिका लागि ठूलो पुँजी उपलब्ध हुन्छ – अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताएका छन् । आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताएका हुन् । यस मर्जरले अन्य बैंकहरु पनि […]

भारतमा बलात्कार काण्डका चार अभियुक्तलाई गोली हानेर मारियो

एजेन्सी । भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ। गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो। शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको […]

५ सय मिटर दौडमा गोपी चम्किएसँगै सागमा नेपालको स्वर्ण पदक ३७ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ […]

व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो । प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार राअविले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका […]