बिद्रोही नेकपाद्वारा काठमाडौंसहित देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन

Machchapuchchre

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन गरेको छ । पार्टीको दोस्रो चरणको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले बिहीबार काठमाडाैँ, ललितपुर, भक्तपुर, कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशभर विशाल नेपालको नक्सा प्रदर्शन गरेको हो ।

शुक्रबार हेटौडामा एक कार्यक्रमकाबीच बिद्रोही नेकपाले नेपालको नक्शा प्रदर्शन गरेको छ ।कार्यक्रममा सयौ सर्बसाधारण र नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सेक्रेटरी पासाङले भने- “हामी जुनसुकै मुल्य चुकाउन पनि तयार छौ‌, तर हाम्रो भूमी भारतलाई दिने पक्षमा छैनौ ।”

उता कालीकोटमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै सेक्रेटरी रणदीपले आफूहरू बरु मर्न तयार रहेको तर आफ्नो भूभाग गुम्न नदिने बताए । पार्टीको दोस्रो चरणको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार भएको विशाल नेपालको नक्सा प्रदर्शनमा उनले यस्तो बताएका हुन् । रणदीपले नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियताका पक्षमा बोल्दा प्रतिबन्धित हुनुपरेको स्मरण गराउँदै भारतीय साम्राज्यवादको दादागिरी झन्झन् बढेकाले पुर्खादेखि गुमेको नेपाली भूभाग फिर्ता गराउन आफ्नो पार्टी अन्तिमसम्म लड्ने र आमनेपालीले साथ दिने विश्वास व्यक्त गरे ।

यस्तै नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले पूर्वघोषित कार्यक्रमअनुसार सीमा बचाऊ अभियानले तयार पारेको नक्सा प्रचार कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले काठमाडौँका विभिन्न ठाउँमा पर्चा वितरण तथा नक्सा प्रदर्शन गरेको हो । चाबहिल, सामाखुसी, नयाँबसपार्क, बालाजु, टोखा, बूढानीलकण्ठलगायत स्थानमा ब्यानर प्रचार तथा नेपालका लिपुलेक, कालापानी लिम्पियाधुरासहित समेटिएको नक्सा, हाते प्रचार तथा तस्बिर प्रदर्शन गरी साम्राज्यवादी अतिक्रमण र सरकारी लाचारीको विरोध गरिएको समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रमको नेतृत्व जनगतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले गरेका थिए । विभिन्न ठाउँमा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, जिल्ला संयोजक तथा जिल्ला सदस्य भेला भई हाते प्रचार सामग्री वितरण गरेर ब्यानर र फोटो प्रदर्शन गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्