५ सय मिटर दौडमा गोपी चम्किएसँगै सागमा नेपालको स्वर्ण पदक ३७ पुग्यो

Machchapuchchre

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् ।

कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ । १३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू भइरहेका छन् ।

सुरु भइसकेका खेलले निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् । बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन हुनेछ । यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुनेछन् ।

ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुनेछ । सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । खेल टीयू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्