ठूला बैंक मर्जर भएमात्र आर्थिक समृद्धिका लागि ठूलो पुँजी उपलब्ध हुन्छ – अर्थमन्त्री

Machchapuchchre

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताएका छन् । आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताएका हुन् ।

यस मर्जरले अन्य बैंकहरु पनि मर्जरमा जानको लागी अझै उत्साह थपिएको भन्दै मन्त्री खतिवडाले पुँजी वृद्धि गरि लगानीको लागी समेत आग्रह गरे । बैंक मर्ज भएपछि स्मार्ट बैंकिङको अभ्यास गर्न समेत मन्त्री खतिवडाले आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकमा प्रविधि भित्राउनुपर्नेमा जोड दिए । नेपाली बैंकहरु अझै पनि प्रविधिमा पछि नै भएकोले सबैं बैंकले प्रविधिगत क्षमतलाई विकास गर्नुपर्ने बताए । डा. नेपालले मुलुक वित्तिय स्थायित्वतर्फ अघि बढेको समेत दाबी गरे ।

यो सँगै अव वाणिज्य बैंकको संख्या २७ पुग्ने छ । यि बैंकहरु मर्जर भएर ग्लोबल आईएमई रहने छ भने चुक्ता पुँजी २० अर्ब पुगेको छ । यसअघि नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको थियो । मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर कार्यकारी अधिकृत हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्