नागरिकता विधेयक अघि बढ्नेमा सत्तारुढ सांसदको आंशका

काठमाडौं । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुनेमा आशंका गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता दिँदा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने विषयमा […]

नेकपा सचिवालय बैठक बस्दै, ओली-प्रचण्डबीच छलफल

काठमाडौं । पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसंग वान टु वान वार्ता गरेका छन् ।  कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष ओलीसँग भेटेका हुन् । उक्त छलपफलमा सोमबार सचिवालय बैठक बाेलाउने […]

कोहलपुरमा विद्यार्थी प्रहरीको क्यान्टेन जलाए, दर्जन राउण्ड हवाईफायर

काठमाडौं । एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । आन्दोलनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरीएको छ । कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरीएको हो । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीमाथी प्रहरीले दमन गरेको भन्दै ईप्रका […]

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको ३५ औँ वार्षिकोत्सव

काठमाण्डाै । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो । सार्कको […]

एनएमबी बैंकले ल्यायो ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा, यस्ता छन् सुविधाहरु !

काठमाडौ‌ । एनएमबी बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यस नयाँ खातामा सात सह– योजनाहरु समावेश भएको बैंकले जनाएको छ । जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी उक्त नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकिङ्ग योजनाले […]

एभरेष्ट बैंकद्वारा ललितपुरको सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी नेपाललाई स्कुल भ्यान सहयोग !

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको धापाखेलमा रहेको सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । एसजीसीपी एक गैर–सरकारी तथा गैर–नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ । एसजीसीपीका […]

कामना सेवा विकास बैंकको १०५औं शाखा मनमैजुमा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत […]

ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । यो घटना आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकको हो । मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुंगा […]

स्याटेलाइट प्रक्षेपण स्थलमा उत्तर कोरियालले गर्‍यो ‘अति महत्त्वपूर्ण परीक्षण’

एजेन्सी । उत्तर कोरियाले स्याटेलाइट प्रक्षेपण स्थलमा “अति महत्त्वपूर्ण परीक्षण” गरेको बताएको छ । उत्तर कोरियाली केसीएनए समाचार एजेन्सीले परीक्षण परिणामलाई मुलुकको रणनीतिक अवस्थितिलाई प्रवर्धन गर्न प्रयोग गरिने जनाएको छ । विश्लेषकहरूको विश्वास छ- त्यो जमिनमा आधारित स्याटेलाइट प्रक्षेपणलाई शक्ति प्रदान गर्ने इन्जिनको परीक्षण हुन सक्छ वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हुन सक्छ । प्योङयाङले […]

चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल

काठमाडौं । नव नियुक्तम श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई उपहार दिएपछि चिनियाँ राजदूत होउ यान्छीको आलोचना भएको छ । सिंहदरबारस्थित श्रम मन्त्रालय पुगेर चिनियाँ राजदूत यान्छीले मन्त्री यादवलाई उपहार दिएको भन्दै सामाजिक सञ्जालमा बहस भएको हो । सामाजिक सञ्जालमा उपहार लिएको भन्दै मन्त्रीको आलोचना भएको छ । केहीले भने आफ्नो प्रभाव विस्तारका […]