कोहलपुरमा विद्यार्थी प्रहरीको क्यान्टेन जलाए, दर्जन राउण्ड हवाईफायर

Machchapuchchre

काठमाडौं । एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । आन्दोलनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरीएको छ । कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरीएको हो ।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीमाथी प्रहरीले दमन गरेको भन्दै ईप्रका कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरीएको हो । अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरीसकेको छ । प्रहरीले चलाएको गोली लागी दुई विद्यार्थी गम्भीर घाईते भएका छन भने सयौं विद्यार्थी घाईते भएका छन । अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर १ दर्जन बढि प्रहरी घाईते भएका छन । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा सयौं प्रहरी परिचालन गरीएको छ ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

थियो। घाइते बालिकाको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्यन्त्र लैजाने तयारी भइरहेको शिक्षक ऋषि देवकोटाले सेतोपाटीलाई जानकारी दिए।

ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्। प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्। घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्