ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

Machchapuchchre

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । यो घटना आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकको हो । मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्