कामना सेवा विकास बैंकको १०५औं शाखा मनमैजुमा विस्तार

Machchapuchchre

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यो बैंकको १०५ औं शाखा हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्