एनएमबी बैंकले ल्यायो ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा, यस्ता छन् सुविधाहरु !

Machchapuchchre

काठमाडौ‌ । एनएमबी बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको यस नयाँ खातामा सात सह– योजनाहरु समावेश भएको बैंकले जनाएको छ । जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी उक्त नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउने छ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बीमा लगायतका लाभकारी योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्