भारतमा थप दुई साता लकडाउन लम्बियो

Machchapuchchre

भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिँदै लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट नदिइने प्रष्ट गरेको छ । तर ‘अरेन्ज’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाले भने केही छुट पाउने छन् । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा राखिएका छन् । नेपालको छिमेकी उत्तर प्रदेशको १९ जिल्ला पनि ‘रेड जोन’ मा छन् । २८४ ‘अरेन्ज जोन’मा परेका जिल्ला पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहन्छन्, तर, ती क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट दिइने जनाइएको छ ।

भारतमा ३५ हजारभन्दा बढीमा व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् भने साढे ११ सयभन्दा बढीको मृत्यु भैसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्