किम जङ-अनः अनेकौँ अड्कलबाजीबीच ‘सार्वजनिक कार्यक्रममा उपस्थित’

Machchapuchchre

करिबा तिन हप्ता यता नदेखिएपछि किम जङ-अन गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका थिए । नेता किम अप्रिल १२ यता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनभएको अनुमान गरिएको छ ।

नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको नेतृत्वमा छन्

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्