कोरोना निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पताल पठाउन नपाउने

Machchapuchchre

अर्थ राजनीति – कोभिड–१९ को महामारी देखाउदै केही निजी तथा सरकारी अस्पतालहरुले स्वास्थ्यमा सामान्य तथा गम्भीर समस्या देखापरेका बिरामीलाई लिन अस्वीकार गरेको भन्ने जनगुनाशो बढीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेको छ ।  यस्तो प्रकृतिको  प्रवृतिलाइ रोक्नका लागि अन्तरिम निर्देशिका जारि गरिएको हो । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को अधिकारलाई प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका बनाएको हो ।

अब कुनै पनि अस्पतालले आफ्नो अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको लागि आएका बिरामीलाई कोभिड पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पतालमा पठाउन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । अस्पतालबाट बिरामीलाई  रिफर गर्न परेमा एचइओसीको स्वीकृति लिएर मात्रै पठाउन पाइनेछ।

यस्तै कोभिड पोजिटिभ बिरामी भर्ना गरेको दिनदेखि मात्र तोकिएका अस्पतालहरु कोभिड अस्पतालको रुपमा परिणत हुने छन् ।  सरकारी तथा गरैरसकारी स्वास्थ्य संस्थाले अनावश्यक भीडलाई नियन्त्रणमा लिएर नियमितरुपमा सेवा सञ्चालन गर्न नीतिगत कार्यदिशमा निर्देशन दिइएको छ ।   कोभिड–१९ बाहेकका सबै स्वास्थ्य सेवा आकिस्मक तथा गम्भीर सेवा, अत्यावश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवालाई  अस्पतालहरुले निरन्तरता दिनसमेत अन्तरिम निर्देशिका उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्