सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधा पाउने

Machchapuchchre

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल व्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्