ओमानसंग फेरी हार्यो नेपाल

Machchapuchchre

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसंग लगातार दोस्रो पटक घरेलु मैदानमा पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाएको नेपालले राम्रो बलिङ गर्न नसक्दा पराजित हुन पुगेको हो ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य सहजै पुरा गरेको हो ।

ओमानका लागि कप्तान जिसन मक्सुद र अक्विब इल्यासीले उतकृष्ट शतकिय साझेदारी गरेका थिए । उनीहरुले १ सय ६६ रनको लामो साझेदारी इनिङ्स खेले जुन नेपालका लागि घातक हुन् पुग्यो ।

१६६ रनको साझेदारी खेल्दा इल्यासीले १०६ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १ सय ८ रन बनाएका थिए । काठमाडौंमा जारी शृङ्खलामा शतक प्रहार गर्ने इल्यासी एक्ला खेलाडी हुन् । यस्तै, ओमानका लागि जिसन मक्सुदले ७८ बलमा ८ चौकाको मद्दतमा ६८ रन बनाए । यस्तै, खबा अलिले ४१ रन र जतिन्द्र सिंहले २३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । नेपालले २ सय ४९ रन बनाउन नेपालको ओपनिङ जोडिदेखि अन्तिमसम्म सबै जनाले औषत प्रदर्शन देखाएका थिए ।

ओमानविरुद्ध नेपालका कुशल मल्ल र सुशन भारीले समान एक–एक विकेट लिए । नेपालका युवा स्टार स्पिनर सन्दीप लामिछाने र पछिल्लो २ खेलमा लगातार ४–४ विकेट लिएका करण केसी ओमानविरुद्धको खेलमा विकेट विहीन रहे ।

यस्तै, करण केसीले १० रन बनाउँदा सन्दीप लामिछानेले १० रन र कमलले ९ रन बनाए । नेपालव्रिद्ध ओमानका अक्विब इल्यासिले उत्कृष्ट बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए भने मोहममद नादेमले ३ विकेट लिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्