प्रधानमन्त्री बनेपछि पहिलोपटक उद्योगी /व्यवसायी भेट्दै बालेन

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक निजीक्षेत्रका प्रतिनिधिसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री शाह र निजीक्षेत्रका प्रतिनिधिबीच बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता हुने भएकाे हाे ।  बैठकमा मुलुकको आर्थिक अवस्था, निजीक्षेत्रका चुनौती तथा सरकारसँगको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजीक्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग वार्ता हुने भएकाे हाे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार प्रधानमन्त्रीको निमन्त्रणामा निजीक्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वलाई बैठकमा बोलाइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्