Artharajniti ~ नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। तरलता व्यवस्थापनका लागि १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ ऋणपत्र निष्कासन गरिएको हो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार अपराह्न २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।
राष्ट्र बैंकले निष्कासन गर्यो ३५ अर्ब रुपैयाँको ऋणपत्र



