विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्चमा सुनुवाइ

Machchapuchchre Bank

Artharajniti  ~  एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ तय भएको छ। विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति दिएपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट आर्जित सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि गत साता पौडेललाई पक्राउ गरेको थियो। सर्वोच्च अदालतले आजको सुनुवाइपछि निवेदनमाथि आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्