सेयर बजार २७०० विन्दुमा , ४ अर्ब ४४ करोडको किनबेच

Machchapuchchre Bank

Artharajniti ~   सेयर बजार २७०० अंकमा रोकिएको छ। कारोबार खुलेदेखि उतारचढाव देखिएकामा सोमबार नेप्से परिसूचक अन्तिममा १.४६ अंक घटेर २७००.६५ विन्दुमा रोकिएको हो। फाइनान्स, लघुवित्त, व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। म्युचुअल फण्डको सूचक सबैभन्दा धेरै ०.६८ प्रतिशतले घटेको छ। बजारमा १४३ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको स्थिर रह्यो। नेपाल बैंकको ऋणपत्रको सबैभन्दा धेरै ३.८७ प्रतिशतले भाउ घटेको छ। बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ। बढेकामध्ये दुई जलविद्युत कम्पनीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो। साताको पहिलो कारोबार दिन बजारमा सूचकसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा सोमबार कारोबार रकम ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँमा सीमित रह्यो।सोपान फर्मास्युटिकल्सको सबैभन्दा धेरै ३७ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्