Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिलाउने गरी पहल गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए । ‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्,’ उनले भने,‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति