अर्थ राजनीति ~ होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ। हानले आइतबार प्रेस विज्ञप्ती निकाल्दै साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन माग गरेको हो। चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागि परेको भए तापनि राज्यबाट कुनै सुनुवाई नभएकोले होटल व्यवसायी मर्कामा परेको संघकी अध्यक्ष सृजना राणाले बताइन्।पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेका छन्। यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरूले पनि भोग्नु परेको छ। यस्तै समस्या रहेमा आगामी दिनमा होटल उद्योगहरू बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रूपमा बन्द गरिनुपर्ने बाध्यता बन्दै जाने भएकाले भुक्तानीको समयसीमा बढाउन माग गरिएको संघले जनाएको छ। अझै पनि सरोकारवाला निकायमा विभिन्न सुझावहरु प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत रहेको विज्ञप्तीमा उल्लेख छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति