अध्यक्ष तामाङ पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन पत्रकार सम्मेलन

Machchapuchchre

अर्थ राजनीति  ~  निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगीको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए । ‘सोमबार बेलुकी पक्राउ गरियो, बयान लिन पाइएकै छैन’ महतोले भने, ‘आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्छौं बाँकी अनुसन्धान जारी रहन्छ ।’ उनीहरू सिआइबीकै नियन्त्रणमा छन् । श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ४६ करोड रुपैयाँ ठगीको जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्