गृह मन्त्रालयमा पूर्वमन्त्री महेश बस्नेतको सम्भावना

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन्। उनले जनता समाजवादी पार्टीबाट राजेन्द्र महतो नेतृत्वमा मन्त्रिपरिषद् विस्तार गरेपनि अझै धेरै मन्त्रालयहरु रिक्त रहेका छन्। तिनै रिक्त मन्त्रालयका लागि मन्त्रिपरिषद् विस्तारमा ओली जुटेका हुन्। उनी पक्षीय धेरै नेताहरु मन्त्री बन्ने दौडमा समेत लागेका छन्। एमाले नेताहरुको चासो अहिले गृह मन्त्रालयमा रहेको बताइएको छ। ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोत बताउँछ। त्यसमध्ये पूर्वमन्त्री महेश बस्नेतको दाबी बलियो रहेको बताइएको छ। त्यसो त खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन्। अधिकारी, थापा, बस्नेतबाहेक विशाल भट्टराई, राजेन्द्र गौतम, नारदमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा छन्। जसपाका दश जना समेट्दै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री ओलीले अब आठ जना मात्रै थप गर्न पाउँछन्। प्रधानमन्त्रीसँग रक्षा र गृहसहित ७ मन्त्रालय छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्