पार्टी एकता नहुनुको जड ओली, नेपाल र खनाल : नेता योगेश भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे।‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड खनाल र कमरेड नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’ उनले लेखेका छन्, ‘कमरेड खनाल र नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र के का लागि गर्दैछ यो सब?’ यस्तै  थुप्रै  कारणले गर्दा पार्टी एकतामा समस्या आएको हो , उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्