भारतमा किसान आन्दोलन चर्किदै

Machchapuchchre

अर्थ राजनीति ~ भारतमा किसान आन्दोलन थप चर्किदै गएको छ । किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन ।  सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन् । विभिन्न पार्टीले समर्थन जनाए पनि प्रदर्शनमा उनीहरुलाई पार्टीको झन्डा बोक्न मनाही गरिएको छ । कृषि कानुनको विरोधमा उत्रिएका किसानहरुले १३ दिनयता प्रदर्शन जारी राखेका छन्। उनीहरुले दिल्लीलाई चौतर्फी घेरा हाल्दै प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । किसानको आन्दोलनलाई १० ट्रेड युनियन र २० विभिन्न दलको समर्थन प्राप्त रहेको छ। यसैबीच भुवनेश्वर रेलवे स्टेसनमा प्रदर्शनकारीले रेल रोकिदिएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्