दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामाग्रीको दुरुपयोग गरी  सामाजिक सञ्जालहरुमा स्पोन्सर्ड पोष्ट

Machchapuchchre

अर्थ राजनीति ~ सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामाग्रीको दुरुपयोग गरी  सामाजिक सञ्जालहरुमा स्पोन्सर्ड पोष्ट आइरहेका छन् । उक्त पोष्टमा प्रयोगकर्तालाई आइफोनको लोभ देखाइ उनीहरुको फेसबुक ह्याक गर्ने प्रयास भइरहेको छ ।  व्यक्तिगत जानकारी हात पार्ने दाउसहित साइबर क्राइम ‘फिसिङ’ को प्रयास भएको छ । प्रयोगकर्तालाई लक्की ड्रमार्फत् आइफोन दिने भ्रामक सन्देशसहित सदस्यता लिन लिंक राखिएको छ ।  उक्त लिंक खोलेपछि प्रयोगकर्ताको फेसबुक युजरनेम र पासवर्ड हाल्ने पेज खुल्छ ।  यदि उक्त पेजमा प्रयोगकर्ताले युजरनेम र पासवर्ड हालेमा फेसबुक एकाउन्ट नै ह्याक हुने सम्भावना रहेको छ । टेलिकमले  सूचना जारी गर्दै अनधिकृत पेजमा आफ्ना कुनै पनि विवरण वा सूचना उपलब्ध नगराउन ग्राहकहरुलाई जानकारी गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्