तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी गर्नुपर्ने

Machchapuchchre

अर्थ राजनीति ~ अर्थमन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ । यो भन्दा अघि पनि मन्त्रालयले निर्देशन दिएको थियो ।  मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरूपमा मन्त्रालयमा प्राप्त नभएको  जानकारी दिएको छ । कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ। यस्तै भेरिफिकेसन गर्न बाँकी दाबीको भेरीफिकेसन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले बताएको  छ । यसैगरी कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरीफिकेसन लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरीफिकेसन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण बुझाउन मन्त्रालयले  निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्