लक्ष्मी बैंकले त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सहुलियतपूर्ण कर्जा दिने सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।सम्झौतामा  गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषि उद्यमी, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा पाउने छन । बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कुप्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरेका छन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहको पनि उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्