नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ बजारबाट उठाउने

Machchapuchchre

अर्थ राजनीति ~ प्रणालीमा अधिक तरलता भएर निक्षेपको ब्याज थप झर्ने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । राष्ट्र बैंकले यो पैसा २८ दिनका लागि उठाउन लागेको हो। ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुने छ। बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा ५ करोड निक्षेप उठाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्