सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएका यी दुई मुलुकमा पुनः उडान थाल्ने निर्णय गरेको हो । नियमित उडान सुरु गर्नका लागि दुवै मुलुकसँग कूटनीतिक प्रक्रिया सुरु गर्ने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । भारतले आउँदो डिसेम्बरदेखि अन्तर्राष्ट्रिय उडान चालु गर्ने योजना बनाएको छ ।  ‘क्याबिनेटले निर्णय गरेको छ । अब हामीले दुवै मुलुकमा कूटनीतिक नियोगमार्फत प्रस्ताव पठाउनेछौं । दुवैबाट अनुमति आएपछि मात्र उडान मिति तय हुने जानकारी छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्