सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल

Machchapuchchre

अर्थ राजनीति ~ सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल गरेको छ। रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो  । यो अवार्डमा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको बताएको छ । कम्पनीले अवार्डपछि जिम्मेवारी थपिएको बताउँदै आफ्नो सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ  र आगामी दिनमा यो भन्द पनि अझै राम्रो सेवा प्रादान गर्ने बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्