अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि काठमाडौंको सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा भएका छन ।
काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी
