वीरगञ्ज गोलीकाण्ड : अपहरणकारी भनिएका राजकुमार निर्दोष भएको परिवारको दावी…!

Machchapuchchre

वीरगञ्ज गोली काण्डमा अपहरणकारी भनी प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेको गोली लाग्ने युवकका अभिभावकले आरोप लगाएका छन् । कात्तिक २० गते गोली हानेर नियन्त्रणमा लिएका पर्साको पोखरीया नगरपालिका वडा नं ९ सेमरवारीका २० बर्षका राजकुमार दास निर्दोष रहेको दावी अभिभावकले गरेका हुन् । दाहिने खुट्टामा गोली लागेर घाइते भएका दासको नारायणी अस्पतालमा कडा सुरक्षाकाबीच उपचार भइरहेको छ ।

राजकुमारका बुवा भिखारी दास र आमा वैजन्ती देवीले सोमबार पत्रकार सम्मेलन गर्दै अपहरणको नाटक गरेर छोरालाई फसाइएको दावी गरे । उनीहरुले काभ्रेको बनेपाबाट अपहरणमा परेको भनिएको पोखरीया– ६ सिर्सिया बस्ने अम्जत खानको छोरा अफरोज खान, पोखरीया–९ सेमरबारीकै अफलातुन रायको छोरा फिरोज रायले राजकुमारलाई फसाएको बताए । ‘छोरा निर्दोष छ, उसले अपहरणको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ’ उनीहरुले भने ‘हामीलाई न्याय चाहिन्छ, दोषीलाई पक्राउ गरी कारबाही हुनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्