कोरोना पुष्टि भएपछि कांग्रेसका नेता मन्सुरलाई हेलिकप्टरमा काठमाडौं लगियो

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं गएका छन् । केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल चेकअप गराउन गएका थिए । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो । पार्टी नेतृत्वको आग्रह पछि उनि आज काठमाडौं आएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्