२७५७० मा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्