राष्ट्र बैंकको सहि नीतिका कारण यो अवस्थामा पनि बैंक हरु लाभांश वितरण गर्दैछन: कार्यकारी निर्देशक देव कुमार ढकालको अन्तरवार्ता

Machchapuchchre

सर नमस्ते !

नमस्कार

बैंकिंग सेरोफेरों कार्यक्रममा स्वागत छ !

धन्यवाद

आरामै हुनुहुन्छ ?

एकदमै ठिक छु

दिनहरु कसरि बितिरहेका छन ? अलि प्रतिकुल रहेको छ अवस्था ?

अब निक्षित रुपमा रास्ट्र बैंकहरुमा पनि कोरोना संक्रमित साथि भाइहरु देखि रहनु भएको छ त्यो कारण पनि बैंकका काम कारबाहीहरुलाई पनि सहज रुपमा अगाडी बढाउने र अलिकति सहज र सजक हुने लाइनमा दिनक क्रियाकलापहरुलाई अघि बढाइरा  छम्म जुन चिज घर बाटैनै गर्दा हुन्छ तिनीहरुलाई वोर्क फ्रम होम र कतिपए काम अफिसमै गएर गर्नु पर्ने हुन्छ त्यसको लागि नियमित रुपमा अफिस गएर काम गर्ने र  बैंकबाट सम्पादन गर्नु पर्ने वा भिभागबाट सम्पादन गर्नु पर्ने  यिनै काम कारवाहीमा व्यस्था रहेको अवस्था छ |

देव सर दुइ दसक भन्दा लामो झन्डै २३/२४ वर्षको बैंकिंग एक्सपेरिएंस  एक प्रकारले विज्ञ व्यक्तित्व नेपाल रास्ट्र बैंकको कार्यकारी निर्देशकको मुख्य भूमिकामा अहिले हुनुहुन्छ | कोभिडका कारण समग्र अर्थतन्त्र र बैंकिंग क्षेत्रलाई कस्तो असर परेको देख्नु हुन्छ तपाई देव सर ?

कोभिडको असरलाई मुल्यांकन गर्नुपर्दा अहिले विश्वको अधिकांस अर्थतन्त्रहरु दुई प्रकारले प्रभावित भएका छन् | एउटा स्वास्थ्य संकटको अवस्था देखिएको छ भने अर्को आर्थिक संकटको सामान गरिरहनु परेको छ | नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन | नेपालमा केहि गरि कोभिडको संक्रमण ढिला सुरु भएता पनि आजको दिनमा यसको संक्रमण बढ्दै गैरहेको अवस्था छ | यसको कारणले नेपाल सरकारले कोभिड संक्रमणलाई नियन्त्रण र नियमन  गर्न र सजकता अपनाउनको लागि अबलम्बन गरिएका लकडाउन ,निषेधितआज्ञा निर्यणहरुको कारणले गर्दा समग्र व्यवसायी क्षेत्र् प्रभाभित भएको छन | आफ्ना क्रिया कलाफरुलाई संचालन गर्न सकेका छैनन् | उद्योग व्यवसायहरु प्राय ठप्प रहेको अवस्था छ र हालै मात्र अलिकति खुलेको अवस्था हुदा उद्योग व्यवसायहरु केहि मात्रामा सुचारु भको अवस्था छ र खास गरि उद्योग व्यावासायको नियमित हुनु पर्ने आम्दानि प्रभावित हुदा यदि बैंकिंग क्षेत्रबाट कर्जा उपभोग गरिरहेको हो भने यो क्षेत्र बैंकिंग क्षेत्रमा सर्व गर्नु पर्ने व्याज तथा सवाको भुक्तानी प्रभाभित भएको छ | त्यो भुक्तानी भएको कारण एकातिर व्यवसायी जगत  प्रभावित हुने अवस्था छ भने अर्को तिर बैंक तथा वित्तीय संस्थाको आम्दानि  प्रभावित हुने अवस्था छ  र त्य्सैलाइ व्यवस्थापन गर्न नेपाल रास्ट्र बैंक यसपटकको मौद्रिक निती र सो पछिका नियमन र निदेर्शनहरु मार्फत लागि परेको वेहोरा यहाँहरु सबैजना जानकार नै हुनुहुन्छ |

देव सर केहि समय अघि मौद्रिक निती सार्वजनिक भयो र नेपाल रास्ट्र बैंकको एक प्रमुख काम पनि हो | धेरे हद सम्म एसको सबै तिरबाट स्वागत भयो सकरात्मक रुपमा पनि लिइयो तर बैंकिंग क्षेत्रले चाही प्राइसिंग लगायत बिषयलाई लिएर गुनासो प्रकट गरेनी किन अलिकति टाइट गर्दै लगियो किन सर यो नाफा संकोचन गर्न वातावरण सिर्जना गरियो ?

हामीले के बुझ्नु पर्छ व्यवसाय जगत उद्योग व्यवसाय पेसा बैंकिंग क्षेत्र भनेको एक अर्का संग अन्तर सम्बंदित विषयहरु हुन् यदि व्यवसाय सुचारु हुन् सक्दैन भने व्यवसाय सुचारु नहुदा बैंकका आम्दानिहरु प्रभावित हुन् सक्छन र बैंकको आम्दानि पनि त्यसबाट संकोचन हुन्छ | यदि बैक तथा वित्या संस्था दिर्घकालिन रुपसम्म संचालन हुन् नसक्ने हो भने त्यसको प्रभाव व्यवसाय जगतमा पनि सोहि अनुसारनै पर्छ | जसरि बैंक सक्ष्यम् हुदै जान्छ , व्यवसाय जगत पनि सक्ष्यम् हुदै जान्छ र व्यवसाय जगत जति नै सक्ष्यम् हुदै जान्छ बैंकिंग क्षेत्र पनि सक्ष्यम् हुदै जान्छ र कोभिडको असर तपाइले भनेको जस्तै व्यवसायी क्षेत्रमा जति पर्यो उतिनै बैंकिंग क्षेत्रमा पनि परेको हो र हामीले यहि अन्तर सम्बन्धलाईनै विचार गरेर यदि व्यवसायी जगतलाई निरन्तरता गर्न वातावरण सिर्जना गरिएन भने बैंकिंग क्षेत्रको निस्क्रिय कर्जा बढेर जाने र बैंकको नाफामा समेत असर गर्ने कुरालाई मध्ये नजर गरेर व्यवसायी जगतमा दिएका सौलियतको माध्यमबाट बैंकिंग क्षेत्रलाइ सौलियत प्रधान गरेको बेवरा म यहा निवेदन गर्न चाहन्छु | तपाइले मौद्रिक निती जारि गरि सक्दा प्रतिक्रिया बैंकिंग क्षेत्रको हेर्नु भयो भनि उहाहरुले मौद्रिक नीतिलाई खुलेर स्वागत गर्नु भएको छ र खुलेर प्रसंसा गर्नु भएको छ र रह्यो कुरो अब सुल्क आदि इत्यादिमा नेपाल रास्ट्र बैंकले अलिकति केहि व्यवस्थाहरु गरेको कारण बैंकिंग क्षेत्र असन्तुष्ट छ कि भन्ने यहाहरुको जिज्ञासा छ त्यो पनि म देखदिन किन देखिरा छैन भने व्यवसायको सन्तुष्टि ग्राहाकको सन्तुष्टि नै बैंकको वित्तीय क्षेत्रको मूल आधार हो र व्व्यावासाया क्षेत्रको सन्तुष्टि बृद्दी हुदै जादा बैकिंग क्षेत्रको मुनाफा पनि बृद्दी हुदै जान्छ र व्यवसाय पनि विस्तार हुदै जानेमा उहाहरु पनि विस्वस्थ हुनुहुन्छ | हिजोको दिनमा के कस्तो थ्यो भनि अलिकति उहाहरुले जे जस्ता वा बैकिंग क्षेत्रले जे जस्ता शुल्कहरु निरधारण गर्नु भको थियो त्यो शुल्कहरु कतिपय प्राइम कलाईनट केशमा एकदमै न्युनतम रुपमा असुल गरिरहेको अवस्था र आम लगानी कर्ताहरुले चाही अलिकति बढी शुल्क तिर्नु पर्ने अवस्था थियो र त्यो कारणले गर्दा खेरि हामीले अलि इक्विटेवल हुनुपर्छ बैंकिंग क्षेत्रको बिहेबिअर समग्र ग्राहक वर्गमा भन्ने हिसाबले हामीले एक किसिमको चाही दर तोकी दिएका छौ | जुन दरमा अब बैकिंग क्षेत्र कम्फर्टटेवललि संचार हुन् सक्छ जस्तो हामीलाई लागेको छ |

जुन राज्यले वा सरकारले दिनुपर्ने सौलियत जति प्रायजसो बैंकिंग क्षेत्रकै थापलोमा थुपारियो र अन्तत हाम्रो नाफाकै कुरो आउछ किन भने त्या पनि लगानी कर्ताले लगानी गरेको संस्था हो नाफाको संकुचन आयो बिजनेश ग्रोथ भएन भन्ने आरोप बारम्बार लागि रहन्छ्नी देव सर यस माथि यहाको धारणा के छ ?

तपाइले उठाउनु भको विषय वस्तुलाई सरसति मुल्यांकन गर्ने हो भने नेपाल सरकारले दिनु पर्ने राहत नदिएको भन्नि होइन नेपाल सरकारले आफ्नो सिमा भित्र रहेर आफ्नो क्षेमता भित्र रहेर र स्थानीय निकाय मार्फत उपलब्ध गराउनु पर्ने साहयता स्थानीय निकाय मार्फत उपलब्ध गराएको छ र पछिल्लो समयमा हेर्नु भयो भने ५० अर्बको कोष इस्थापना गर्ने भनेको छ | कोषको कार्यविधि नेपाल सरकारको मन्त्रिपरिषदमा पुगिसकेको छ | त्यो कार्य विधि आएपछी पर्यटन लगायत कोभिड प्रभावित क्षेत्रमा ५ प्रतिसतको दरले कर्जा प्रभा गर्ने भनेको छ | नेपाल रास्ट्र बैंक मार्फत दिने सेवा र सुविधा पनि नेपाल बैंकले अर्थ मन्त्रालय वा नेपाल सरकारसंग कोअड़ीनेसन पनि प्रभा गरिरहेको अवस्था छ त्यस कारण पनि नेपाल सरकारले आफुले गर्नु पर्ने दाइत्व जुन हद सम्म गर्न सक्ने हो, आफ्नो आर्थिक हैसियत अनुसार गरि राखेकै अवस्था छ | अब रह्यो कुरो बैंकिंग क्षेत्र माथि चाही रिलिफ दिने कुरा चाही थोपरियो भन्ने तपाइको दोर्शो प्रश्न छ | त्यो प्रश्नमा म अघिकै ऊत्तर अलिकति बढ्न चाहान्छु | त्यो भन्न खोजेको के हो भनि यदि नेपाल रास्ट्र बैंकले बैंकिंग क्षेत्रलाइ अघि बढाउनको लागि व्यवसायी जगतहरुलाई केहि सौलियत प्रदान गर्नुस नभनेको अवस्था थियो भने व्यवसायी जगतका क्रिया कालापहरु प्रभावित हुदा बैंकका नाफा नोक्सान र बैंकका बास्लाब पनि प्रभावित हुन् सक्थे त्यस कारणले गर्दा यो त व्यवसाय जगत चलायमान भएको कारण बैंकिंग क्षेत्रको आजको अवस्था सिर्जना हुन् सकेको हो त्यस कारण व्यवसाय जगतमा हामीले जे जस्ता सौलियत प्रादान गर्नु भनएउ उहाहरुले खुलेर स्वागत पनि गर्नुभो र त्यो प्रदान पनि गर्नु भयो र अर्को कुरा पनि संगसंगै के गर्नुभो भनि विगत देखिनै हामीले नेपाल रास्ट्र बैंकको ब्याज दर स्प्रेडको व्यवस्था तोकेको थियो जुन ४% र ४.४% असार मसान्त सम्म आउनु पर्ने अवस्था थियो र बैंकिंग क्षेत्रले यो सुविधा प्रदान गर्दा खेरि नै उहाहरुले नै यो स्प्रेड कायम गर्न सफल हुनुभो र सक्ष्यम् हुनुभो र उहा चाही नेपाल बैंकका नियमनकारी कारवाहीहरुबाट बच्नुभको अवस्था हो | त्यसकारणले गर्दा व्यवसायी जगतमा प्रभा प्रदान गरेको सौलियत अथवा व्यवसायी जगतमा प्रभा गरिएको सिम्प्याथिको कारणले नै बैंकिंग क्षेत्र पनि चलाएमान भाकोले गर्दा यो आरोप लागि हाल्नु पर्छ भन्ने कुराम म चाही विवरण गर्दिन | बैंकिंग क्षेत्रले आफुले सक्ने नगरेको होइन त्यसमा म खुलेर प्रसंसा गर्न चाहन्छु | बैकिंग क्षेत्रले आफ्नो मुनाफाको केहि भागनै ग्राहक वर्गमा पस्केको हो ग्राहक वर्गलाई चाहि त्यसबाट सौलियत दिएको हो सुविधा दिएको हो त्यसमा कुनै विपत्ति छैन यदि त्यो सौलियत नदेको थ्यो सुविधा नदेकोथ्यो भने व्यवसायी जगतले गर्दा बैंकिंग क्षेत्र समेत प्रभावित हुने अवस्था थियो त्यसकारण उहाहरु आफैले पनि गर्नु हुन्थ्यो होला त्यसमा रास्ट्र बैंकले होस्टेमा हैसे गर्देको हो |

केहि वर्ष अघि देखिनै मर्जरलाई साचिकै भन्ने हो भने बैंकिंग क्षेत्रकै एकमात्र समस्याको समाधान भनेर भनि राखिएको थियो, यो एक प्रकारले घोकन्ते बिध्या धावान्ति खेति भने जस्तो रटान लगाई रहेको अवस्थामा केहि समय अगाडी गभर्नर सावले बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्रममा मर्जर जरुरि छैन तपाइँहरु आवस्यक महसुस गर्नु हुन्छ भने मर्जरमा जानुहोस नत्र भने यसलाई जरुरिको रुपमा नलिए पनि हुन्छ भन्ने लाइनमा अभिव्यक्ति दिनु भयो भनेर अहिले बजारमा चर्चा छ | यसको मतलब रास्ट्र बैंक आफ्नो नितीबाट पछाडी फर्केको हो ?

अत्यन्त सान्दर्भिक प्रश्नको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ! सायद यहाले गभर्नर सावले बोलेको अवसर सुन्न पाउनु भयो या भएन | गभर्नर साबले त्यो दिनमा भन्नु भाको विषय के हो भने मर्जर अब रास्ट्र बैंकको मात्र आवश्यक रहेन समग्र बैंकिंग सिस्टमको आवश्यक भयो किन भने आजको दिनमा जुन प्रविधिले फड्को मारिरको छ र त्यो प्रविधिको फड्को मार्न र बैंक तथा वित्तीय संस्थारुको खर्चहरु कटौती गर्दै व्यवसायलाई भोलिका दिनमा अझै सवल,सक्ष्यम् र स्त्रोंग बैंकको रुपमा अगाडी बडनको लागि मर्जर आवश्यक छ भन्नका लागि अध्क्ष्यज्यु तथा संचालकज्युहरुले मनन गरिसक्नु भएको कारण अब नेपाल रास्ट्र बैंकले थप तपाइहरुलाई भनि राख्नु नपर्ला यहाहरु सोश्पर्त रुपमा यो प्रक्रिया अगाडी बढाउनु हुन्छ होला त्यसमा सिजरजित प्राप्ति हुने गरि यहाहरुले मर्जरलाई सोचिरहनु भएको होला भन्ने प्रसंगमा यो कुरा राख्नु भको हो | एउटा कुरा के विचार गर्नुपर्छ भने यदि हामी चाहे मान्छे होस् या व्यवसाय होस् कोहि पनि यथा स्थितिमा बस्न चाहादैन | उसले जहिले पनि प्रगतिलाई आत्मसाथ् गरेको हुन्छ | आज भन्दा बढी ठुलो हुने व्यवसायको आकारकोमा होस् पूजीको आकारमा होस् अथवा ग्राहक वर्गको आकारमा होस् अथवा समग्र बजार हिसाबको आधारमा होस् | उ जहिले पनि अगाडी बढ्न चाहान्छ र गभर्नर साबले के भन्नु भा हो भनि कोहि चाहि सानो छु भन्दैमा यहाले मर्जरको विषयमा सोच्नु पर्ने त होइन भन्ने कुरा उहाले राख्नु भा हो | त्यो भन्नुको मतलब के हो भनि जुनसुकै संस्था पनि त्यसै प्रसंगमा उहाले अर्को के पनि भन्नु भाको थियो भने हिजो चाहि जो नम्बर एक हुनुहुन्थ्यो उहाहरु चाही भोलिको दिनमा कन्सिड़ेरेसन नगरनी हो भनि आज कुन अवस्थामा पुग्नु भको छ | कन्सिड़ेरेसन भाको संस्थाको नाम्बरिंग का चेन्ज भको छ त्यसकारण नम्बरमा अगाडी बढ्न पनि यहाहरु आफै लालाहित हुनुहुन्छ र पछिल्लो नम्बर बाट अघिल्लो नम्बरमा आउन प्रयन्त गर्नुहुन्छ र यसमा रास्ट्र बैंकले भनिरहनु पर्दैन | सोतरुपमा यहाहरुनै जानकार हुनहुन्छ बिज्ञ हुनुहुन्छ र यहाहरुले नै यो प्रक्रियालाई अगाडी बढाउनु हुन्छ भन्ने अर्थमा भन्नु भको हो र वास्तविकता पनि त्यहि हो | अर्को कुरा उहाले के पनि भन्नु भाको छ भने नेपाल रास्ट्र बैंकले तत्कालिन आफना बजारलाई प्राथामिक गर्नुपर्ने हुन्छ | अहिले चाही बजारमा ठुलो समस्या भनेको कोभिड १९ अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै व्यवसायलाई चलायमान बनाउने र अर्थतन्त्रलाई पूर्णउद्दार गर्ने पहिलो प्रथामिकता भएको कारण अहिले रास्ट्र बैंकको म्यन फोकस यो क्षेत्रमा प्रथामिकता परेको भन्नि वेहोरा उहाले भन्नु भको हो तर त्यसरी ब्याकै भको भन्नु भा होइन |

तरलताको विषयमा मैले अलिकति प्रसङ्ग उठाउन चाहे ,केहि वर्ष यता फक्चुयट प्राय जसोनै तपाइको लोनएबल फण्डको कमि नै भैराखेको थियो | तर अहिलेको अवस्थामा प्रणालीमा तरलता छ | त्यसले गर्दा लोन खोसा खोस हुने एकले अर्काको फाइल तानदिने | यति सम्मकी कन्सनटेममा भएको फाइल लिड बैंकले अन्य बैंकलाई प्रक्रिया नपुर्याई आफ्नो नाममा बुक गरिने जस्ता कामहरु भैरहेका छन | यो समस्याको न्यूनीकरण गर्न रास्ट्र बैंकले कस्तो कदम चाल्न सक्छ र के गर्दै छ जुन अहिले यो जल्दो बल्दो समस्या छ ?

तपाइले भनेको कुरा महिले पनि कहिँ कतै सुनेको कुराहरु हो | तरलताको विषयमा यहाले हेर्नु हुन्छ भने अहिले तरलता नेपाल रास्ट्र बैंकले पछिल्लो समयमा आवरण गरेको नितिहरुको कारणले जुन चाही हामीले बजारलाई लिकुइड बनाउनु पर्छ भन्ने मान्यतामै तरलता छोडी रहेका छौ र रह्यो लोनको कुरा फाइल एक ठाउबाट अर्को ठाउमा जाने भन्ने कुरो, यो चाही कस्तो हुदो रैछ भने यो चिज आज मात्र भएको होइन हिजोको दिनमा पनि यो कामहरु भैराखेकै थियो अलिकति ब्याजदर कम भका बैंकहरु ब्याजदर बढि भका बैंकहरुबाट कर्जा स्वाइप हुने प्रविधि हिजो पनि भा थियो र अहिले पनि भइराखेको छ र अर्को कुरो के हो भनि चाही त्यसको व्यवस्थापन गर्न जिम्मेवारी दुवै तर्फको हो | जुन बैंकमा ग्राहाकहरुलाई रिटेन्सन गर्नको लागि सुविधाहरु पाउने हो भने पक्कै छोड्नु हुन्न र मलाइ जहासम्म लाग्छ ग्राहाकहरुले के बुझ्नु हुन्छ भने व्यवसायी भनेको जहिले प्रगती चाहाने हुन्छन | कुनै पनि व्यवसायीले १० वर्ष पछाडी फर्केर हेर्ने हो भने आज बैंकिंग क्षेत्रको सपोर्टको कारण हामी आज त्यासम्म पुग्न सकेका होला जस्तो लाग्छ | त्यस कारणले गर्दा पक्कै पनि ग्राहाकले त्यो कुरालाई मनन गर्ने हुने छ | जुन बखतमा उद्योग व्यवसाय संचालन गर्नलाई बैंकले सपोर्ट गरेको थियो आज अलिकति थोरै झिनोमसिनो लागतमा फरक पर्ने बितिकै उहाहरु अन्यन्त्र जानु हुदैन जस्तो लाग्छ किन भने गुण त एक अर्कालेनै तिर्ने हो त्यस कारणले गर्दा एसले धेरै ठुलो समस्या ल्याउछ जस्तो लाग्दैन तर यदि तेस्तो समस्या सिर्जना भइहाल्यो भनि त्यसमा हामि बैंकिंग क्षेत्रसंग निरन्तर संवाद गर्छ्म र त्यसबाट केहि गर्नुपर्ने रैछ भने हामी छलफल गर्छ्म |

देव सर एकीकृत निर्देशन केहि समय अगाडी सार्वजनिक भएको थियो जसमा स्थिर ब्याजदरको व्यापक रुपमा चर्चा र बहसमा ल्याईएको छ जुन एकीकृत निर्देशनले जारि गरेको थियो , त्यसमा चाहि स्थिर ब्याज दर राख्ने आवधि कर्जाको लागि त्यो पनि अवधि भरका निमित्त भनेर ल्याईयो | बैंकिंग क्षेत्रको गुनासको क छ भने यो चाही अन्तरास्ट्रिय नियम बिपरित भयो अन्तरास्ट्रियमा पनि केहि समयको लागि मात्र हुन्छन | यसको पृष्ठभुमि के हो अलिकति अध्यान नगरी पो ल्याइएको होकी किन भने अवधि भरि सम्म गर्दा खेरि समस्या आउने त आफ्नो ठाउमा छदै छ तर यसले बैंकिंग क्षेत्रलाइनि अस्थिर बनाउछ्की भन्ने पनि गुनासो छ बैंकिंग क्षेत्रको यसलाई यहा कसरि लिनु हुन्छ ?

अब जुन यहाले अस्थिर भन्नु भयो त्यो स्थिर हुन्छ भन्ने मान्यताको आधारमा पोलिसी ल्याइएको हो र रह्यो अन्तरास्ट्रिय प्रचलनको कुरा अन्तरास्ट्रिय रुपमा पनि स्थिर ब्याज्दरहरुको प्रडक्ट छ | ति लामो समयसंग स्थिर ब्याजदर हुने प्रद्रकत पनि छन र विश्वभरि यसको प्राक्टिस छ | तिनै प्राक्टिस असल अभ्यासहरुकै आधारमा नेपाल रास्ट्र बैंकले पनि कमसे कम रिटेल प्रक्रियाको व्यक्तिगत कर्जा जुन चाहि होम लोन हुन् सक्लान हौजिंग हुन् सक्लान अटो लोन हुन् सक्लान त्यस्ता व्यक्तिगत प्रकियाको आवधिक कर्जाहरुको हकमा अबधिभरि त्यो भुक्तानी अबधि भरि स्थिर ब्याजदर हुने बैंकहरुले कायम गर्नुपर्ने व्यवस्था हामीले गरेका छौ | त्यसको पछाडी दुइटा लोजिक हुन्छन | दुइटा लोजिक भनेको के हो भनि क्लाइनटले आजको दिनमा आफ्नो आम्दानि हेरेर आफ्नो आय श्रोत हेरेर स्थिर कर्जाहरु दिएको हुन्छ,दिर्घकालिन कर्जाहरु लिएका हुन्छन | भोलिको दिनमा उसको आम्दानि प्रभावित हुने बितिकै उसले ति किस्ताहरु डिफल्ट गर्न थाल्छ त्यो कारणले गर्दा बैंकिंग क्षेत्रको इम्पियल बढ्न थाल्छ र आफ्नो व्यवसायमा वा आफ्नो पेसामा इजइट रहदा पनि भोलि ब्याजदर भुक्तानी गर्न ग्राहाकलाई असहज हुन् सक्छ त्यस कारण नंपरफिमंग लोन हुन् नदिन उपायको चाहि हामीले स्थिर ब्याजदरलाई चाहि हामीले लिएका हौ | अब जुन यो स्थिर ब्याजदर निधारण गरिएको छ | अलिकति के हो भने हामीले अघिल्लो मसान्त भित्रै यो ब्याजदर प्रकासन गर्नु पर्छ भनेर भनेका थेम | हामीले त्यो ब्याजदर प्रकाशन र कार्यान्यन गर्ने समय असोज मसान्तसम्म थप्दिएका थिएउ | अलिकति पहिलो पटक कुनै प्रडक्ट निकाल्दै हुनुहुन्छ यसमा बैंकिंग सिस्टमले वोर्कवाउट गर्ने टाइम चाहिन्छ भनेर उहाहरुले माग गर्नु भयो त्यहि आधारमा उहाहरुअलाई वोर्कवाउट गर्ने टाइम पनि मिलाएका छौ | यो ब्याजदरको कारणले ब्याजदर स्य्थिर हुन्छ बैंकिंग सिस्टम स्थिर हुन्छ त्यसका दुइटा लोजिकहरु छन पहिलो लोजिक त के हो भने हामीले एकातिर दिर्घकालिन प्रक्रियाको सम्पति सिर्जना गरेपछि र ब्याजदर त्यसमा स्थिर गरिसके पछि हामि दिर्घकालिन दायित्व सिर्जना गर्ने पट्टि लाग्छ्म दिर्घकालिन प्रक्रियाको स्रोत खोज्ने तर्फ लाग्छ्म | त्यो हुने बितिकै हामिसंग स्रोत पनि दिर्घकालिन हुन्छ र हाम्रो सम्पति पनि दिर्घकालिन हुन्छ | एउटा पाटो यो हुन् सक्छ भने अर्को पाटो के हुन् सक्छ भने ठिकै छ हामीले अहिले केहि समयका निक्षेपहरु मात्र छन लामो समयाक छैनन | हामीले दिर्घकालिन ब्याजदर स्थिर रहने सम्पतिहरु सिर्जना गरेका छौ भने अब हामीले भोलिका दिनमा जति पनि निक्षेपहरु परिचालन गर्छ्म जति प्रतिशतचाहि हाम्रो स्थिर ब्याजदर चाहि हाम्रो सम्पति छ | त्यस हाराहारीमा रहने गरि हामि दिपोजिटका प्रडक्टहरु खोज्छ्म लन्च गर्छ्म त्यो हुने बितिकै के हुन्छ भने ब्याजदर चाहि अहिले निर्धारण गरेको ब्याजदरलाई टेवा पुग्ने गरि यसैको वरिपरी घुम्ने हुन्छ र यसले स्थिरता प्रधान गर्छ र भोलिका दिनमा ब्याजदर स्थिर हुने सम्भावना हुन्छ | ह्वात ब्याजदर बढ्ने र ह्वात ब्याजदर घट्ने अवस्था सिर्जना हुदैन | त्यस कारण अल्पकालिन रुपमा अहिले पनि बैंकको बास्लात हेर्नु भयो भने बैंकले २० वर्षको प्रडक्टहरु लन्च गरेको अवस्था छ | भोलि ब्याजदर जोखिमलाई व्यवस्थापन गर्ने उहाहरुलाई बलियो संयन्त्र हुने बितिकै यो प्रडक्टलाई सबैले हाइ हाइ नै गर्नु हुन्छ जस्तो लाग्छ हामीलाई |

मैले एउटा प्रसङ्ग जोड्न चाहे,पुनर्कर्जा  कर्जाको निती रास्ट्र बैंकले अब्लममन गरेको छ ? यो प्रस्ट पार्दिनुन यो कस्तो कर्जा हो कस्ता प्रतिनिधिका व्यवसायीले प्रयोग गर्न पाउछन थोरै बताईदिनु होस् न ?

अत्यन्तै जरुरि प्रश्न सोध्नु भयो | जसले हिजोबाट नै पूर्ण कर्जाको उपयोग गरि रहनु भएको छ | उहाहरुले पूर्ण कर्जा भनेको के हो यो कसरि प्राप्त हुन्छ र यसको अमाउनट कति हुन्छ भन्ने जानकारी राख्नु भाछ | कतिपय नयाँ उद्योगी व्यवसायहरु हुनुहुन्छ जसले पुनकर्जाको बारेमा धेरै जानकारी राख्नु भा छैन | पहिलो कुरो शब्द नै पुन कर्जा भएको हुदा खेरि यो कर्जा नेपाल रास्ट्र बैंकले बैंक,वित्तीय संस्थालाई उनीहरुले नेपाल बैंकलाई राखेको असल कर्जाको धितोमा प्रभाहा गर्ने कर्जा हो भन्नुको मतलब हामि बैंकलाई चाहि कर्जा दिन्छ्म नामै पुनकर्जा बैंकले प्रभा गरेका ऋणीहरुले सुविधा पाउने गरि बैंकलाई कर्जा दिन्छ्म भनेसी कतिपय ग्राहकहरुले के भन्नु हुन्छ भने पुन कर्जा त पायो तर बैंकले मलाइ पैसा नै दिएन | पैसा दोराहेर पाउने होइन उहाले उपभोग गरेको ऋणीले उपभोग गरेको कर्जामा ब्याजदर सौलियता प्रदान हुने हो | त्यसमा चाहि साधारण पुनकर्जा हो भने चाहि ५% ब्याजदर र तोकिएको अवधि सम्म प्राप्त हुने हो र निर्यात पुनकर्जा,विशेष पुनकर्जा हो भने चाहि ३% ब्याजदरमा प्राप्त हुने हो त्यसकारण ब्याजदर सौलियता मात्र ऋणीले प्राप्त गर्ने हो थप कर्जा पाउने होइन | यो त एउटा मैले जानकारी दिन खोजे | अर्को कुरा के हो भने पुनकर्जा विगतमा हामीले के गरेका थिएउ भनि हामि संग भाको बैंकिंग विकास कोषमा भएको रकम मात्र पुनकर्जा दिदै आइरहेका थिएम र त्यति रकम मात्र पुनकर्जा दिदा विगतमा तपाइले हेर्नु भयो भने केहि सय ऋणी ग्राहकहरुले उद्योगी व्यापारीहरुले मात्र यो सुविधा उपयोग गर्न पाउनु भएको थियो र बाकि आम रिनिघरुले यो सुविधा उपयोग गर्न पाउनु भएको थिएन र हामीले के सोचेउ भनि खेरि पुनकर्जा त आम ऋणीहरु सम्म पुग्नु पर्छ | यो सबै क्षेत्रमा पुग्नु पर्छ हामीले मनन गरेम र मनन गरिसके पछी हामीले के भनेम भने नेपाल रास्ट्र बैंकले हामि संग जुन कोष छ भनेको त जोखिम बेहोर्ने कोष होनी | यदि भोलि बैंक,वित्तीयले कर्जा तिर्न सकेनन भने त्यसलाई जोखिम धान्न सक्ने कोषको रुपमा राखे हुन्छ भन्ने त्यसको ५ गुणा सम्म कर्जा प्रभाह गर्ने सकेन सम्म कोभिडको कारण तरलता र उद्योगी व्यवसायीलाई सहज गर्न पुनकर्जा ह्वातै बढाएम | करिब करिब २००, १२ अर्बको दिन सक्ने क्षेमता आज नेपाल रास्ट्र बैंक संग छ र त्यो रकम मध्य एक मुष्ट रकम बैंक वितीय संस्थालाई दिन्छ्म भनेम | त्यो ७० % रकम चाहि बैंकहारुलाई ऋण लिने ग्राहाकलाई उपलब्ध गराउनु पर्छ भनेम र त्यस ७० % मुनि पनि जुन ७० % छ साना घरेलु मजौला उद्योगमा प्राभाह गराउछौ भनएउ त्यसो गर्दा करिब करिब ३०,००० ग्रहाकहरुले पुनकर्जा सुविधा पाउने गरि र सबै ठाउमा पुग्ने गरि कार्यविहि व्यापक रुपमा गरेका छौ र यो अनुसार हामीले निवेदन पनि आवाहन गरि सकेका छम र सब दुइ अर्बको पुनकर्जा ग्रहाकलाई प्रभा गरि सकेका छौ | अहिले हामीले बढी क्षेत्रलाइ बढी ग्राहकलाई समेट्नु पर्छ र रास्ट्र बैंकले दिएको सुविधा आम ऋणीहरु माझ पुग्नु पर्छ भन्ने मान्यताले हामि अगाडी बढेका छम |

समय र संवादको लागि धन्यवाद !

तपाइलाई पनि धन्यवाद मलाइ स्टुडियो सम्म बोलाइ दिनु भयो र मेरो र रास्ट्र बैंकको तर्फबातट विचाहरु राख्ने अवसर प्रदान गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यावाद !

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्