प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा

Machchapuchchre Bank

Artharajniti  ~  सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पटकपटक समय सार्दा पनि निर्माणमा ढिलासुस्ती भएको हल निर्माणको काम अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। आगामी जेठ १५ सम्म प्रतिनिधि सभाको यो हल बनिसक्ने र नयाँ बजेट भाषण यहीँबाट गरिने बताइएको छ।  अहिले हलभित्र सिट राख्ने, रङरोगन तथा बत्ती जडानको कार्य भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ। कम्पनीले जेठ १५ सम्म प्रतिनिधि सभाको नयाँ सभा कक्ष तयार गरेर हस्तान्तरण गर्ने बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्