Artharajniti ~ नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला चार हजार चार सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मंगलबार सुनको भाउ स्थिर, चाँदी घट्यो



