बिहार विधानसभाको लागि पहिलो चरणको मतदान

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान भएको छ । मतदान तीन चरणमा हुने भएको छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ ।

~

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्