बलात्कारका घटना नियन्त्रण गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Machchapuchchre

अर्थ राजनीति ~ गृहमन्त्री रामबहादुर थापाले कोभीडका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन । उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्