व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन बीच बैठक

Machchapuchchre

अर्थ राजनिती ~ व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन् । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले बताएको छ । बैठकमा नेपाल-चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड-१९ को सङ्क्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा पनि दुवै पक्ष बीच सहमति भएको छ  । नेपालमा चीनियाँ लगानी अभिवृद्धि गर्ने तथा नेपाल र चीनबीच भएको पारवहन-ढुवानी सम्झौताको कार्यन्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्