विद्यार्थी रअभिभावकको विरोधपछि विराटनगरमा कक्षा ११ को परीक्षा स्थगित

Machchapuchchre

अर्थ राजनिती ~ विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परिक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट कलेजले शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध गरेका  थिए । कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको थियो । कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले एकरुपताका लागि समन्वय गरिदिएको छ । अब  परीक्षा स्कुलले अनुकुल समयमा गरिने भनेर खतिवडाले बताए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्