अबैध ढंगबाट विदेश गएका नेपालीहरुलाई पनि तत्काल उद्दार गर्न सरकारलाई निर्देशन

Machchapuchchre

अर्थ राजनिती ~  संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विदेशमा संकटमा  परेका नेपालीको  उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले अबैधढंगबाट बढी पैसा लिएर विदेश पठाउने व्यक्ति र संस्थालाई मानवओसारप्रसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न  गृह र श्रम र परराष्ट्र मन्त्रालयलसंग माग गरेको  छ । समितिले एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन पनि निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्