लकडाउनपछि प्रतिबन्ध गरिएको क्षेत्र दशैँ अघि खुल्ने सम्भावना कम रहेको

Machchapuchchre

अर्थ राजनिती ~ कोरोना भाइरसका कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने सरकारले तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टरको निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र छलफल गरेर निर्णयमा पुग्ने भन्ने भएको छ । प्रतिबन्ध गरिएका क्षेत्र दशैंअघि खुल्ने सम्भावना कम रहेको बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्