अर्थ राजनिती ~ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक मिलेर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । हिजो साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको साथ र सहयोग भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका छन । करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा अर्बौं रुपैयाँ सकिएको तर कोरोना भाइरस नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति