डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा चिकित्सकहरुको प्रदर्शन

Machchapuchchre

अर्थ राजनिती ~ डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले आज  प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले डाक्टर गोभिन्द केसीको समर्थनमा प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए । डाक्टर केसीको जायज माग पुरा गर भन्दै  प्रदर्शन गरेका थिए । देशको सुधार तथा चिकित्सा क्षेत्र र शिक्षाको सुधारका लागि डाक्टर केसीले माग राखेका थिए । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष अरुणकुमार सिंहले डाक्टर केसीको जायज माग पुरा गरे स्वास्थ्य र चिकिसा क्षेत्रमा सुधार आउने दावी गरेका छन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्