कोभिड १९ को कारण गोरखामा बिजुलिको काम रोकियो

Machchapuchchre

अर्थ राजनिति ~  कोभिड १९ को  रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काममा धेरै नै असर  भएको छ । २०७६ सालमा जिल्लाका  बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म सफल  हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले बताएको छ ।‘बारपाक र खरिबोटमा पोल गाडेर तार टाग्ने काम सम्पन्न भइसक्यो, ट्रान्सफर्मर पनि राखिसकेको र अब  टेष्ट गरेर बत्ति बाल्ने काम मात्र बाँकी छ तर लकडाउनको कारण त्यो काम पनि भएको छैन । अझै ट्रान्सफर्मर जडानको काम भने बाँकीनै रहेको जानकरी  छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार लाप्राकको नयाँ वस्ती र घ्याच्चोकको धन्सिरामा पनि पोल राख्ने काम सकिएको छ ।‘यी सबै ठाउँमा गत आर्थिक वर्षमै बत्ती बाल्ने टार्गेट थियो, तर लक डाउनले गर्दा काम पुरा हुन सकेन । यो काम रोकिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणको बिजुली बाल्ने सपना अझै केहि महिना कुर्नु पनि भएको छ । नयाँ विद्युतीकरण भएका सबैजसो क्षेत्रमा करिव ६० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको र मंसिरसम्म बत्ती बाल्ने तयारीमा रहेको न्यौपानेले बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्