बढी ब्याज लिने सहकारीलाई कारबाही गरिने

Machchapuchchre

अर्थ राजनिति ~  सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले  ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । आज   ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताएका छन । गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने गरी  ब्याजदर तोकेको थियो तर पनि सहकारिहरुले आफ्नो मनमानी गरि बढी नै ब्याज लिएको ग्राहकहरुको गुनासो आएको थियो  । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भन्दै यो पनि लागू हुने जानकारी गराए  । गत वर्ष दुई वटा सहकारी संस्थाहरु कारबाहीको भागेदार भएको भन्दै रजिष्ट्रार पाण्डेले यदि कुनै सहकारी संस्थाले तोकिएको भन्दा बढी ब्याजदर लिए कारबाही गरिने बताएका छन  । ’पाण्डेले अब विभागले सहकारी संस्थाहरुको अनमुगनलाई पनि तीव्रता दिने बताएका छन  । छिटै उनले टोली गठन गरेर फिल्डमा नै पठाएर अनुगमन गरिने जानकारी दिए  । तोकिएभन्दा बढी ब्याज लिने कुनै पनि सहकारीलाई कारबाही गर्ने पछि नहट्ने उनले बताए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्