यातायात संचालनमा आए पनि गाडीमा यात्रुको कमि

Machchapuchchre

अर्थ राजनिति ~ कोभिड १९ को कारण  लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र पूर्ण रुपमा  सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह  थपिएको छ ।यातायात संचालनमा आए पनि यात्रुहरु गाडी चढ्न डराएका छन ।सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन । मानिसहरुको दिमागबाट अझै पनि कोरोनाको डर हटेको छैन ।प्रत्यक सिटमा एक जना यात्रु राख्ने र ५०% ले भाडा बृद्दि गरि यातायात संचालनमा आएको थियो ।गाडीमा यात्रुनै नभए पछी सवारीचालकहारुले तेल खर्च पनि नउठेको गुनासो गर्छन ।सडकमा यात्रुहरु कम भएसि यातायात व्यवासायिहरु मारमा परे का छन ।बस पार्क बाटनै गाडी खालि हुने गरेको छ । गाडी बाट कोरोना जोखिम अलि बढी हुने भएकाले यात्रुहरु गाडी चड्न डराएको सवारी चालकहरु बताउछन । यातायात व्यवसायीहरुले गाडीमा साबधानी अपनाय पनि यात्रुहरु त्यति हुने नगरेको बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्