धादिङमा पहिरो गएका कारण पृथ्बी राजमार्ग पूर्ण रुपमा अबरुद्द

Machchapuchchre

अर्थ राजनिती ~  धादिङको गजुरी गाउँपालिका बडा नम्बर ५ गलौदीमा पहिरो पहिरो जादा २ वटा गाडी पहिरोमा परि च्यापिएका छन । काठमाडौँबाट धनगढि जाँदै गरेको  कन्टेनर पहिरोमा च्यापिएको छ भने त्यस्तै गरि काठमाडौँतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि फसेको छ । पहिरोका कारण पृथ्बी राजमार्ग पूर्ण रुपमा अबरुद्द भएको छ । सवारी सधान चलाउने चालकहरु  पनि पहिरोको कारण जाममा परेका छन । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउन डोजर परिचालित गरिएको छ । राजमार्ग पूर्ण रुपमा सुचारु गर्न १ घन्टाभन्दा बढी समय लाग्ने गजुरी प्रहरी स्रोतको दाबि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्